
एजेन्सी । अमेरिकी राष्ट्रपति पदको निर्वाचनको नतिजा आइसेकेको छैन । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले यस पटक चुनाव हारे भने फेरि अर्को पटक चुनावमा उठ्न सक्ने सम्भावना रहेको बताउन थालेका छन् । अब २०२४ मा हुने अर्को निर्वाचनसम्ममा ट्रम्पको उमेर कति पुग्ला ? उनको उमेरका कारण उम्मेदवार बन्न पाउने वा नपाउने के छ व्यबस्था ?
अमेरिकाको संविधानले राष्ट्रपति बन्नलाई उमेरको लल्लो हद ३५ वर्ष तोकेको छ तर, माथिल्लो हद भने उल्लेख गरेको छैन । यस कारण २०२४ मा हुने राष्ट्रपति पदमा ट्रम्प पुन उम्मेदवार बन्न पाउँछन् । सन १९४७ मार्च २१ मा अमेरिकाको संविधानको २२ औं संशोधन भयो । उक्त संशोधन अमेरिकी कांग्रेसले यसलाई अनुमोदन गर्यो । करीव चार बर्ष पछि संविधानमा औपचारिक रुपमा अनुमोदन गरियो ।
अमेरिकाको संविधानले राष्ट्रपति पदका लागि पहिलो कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति हुन पाउँदन । दोस्रो कुनै व्यक्तिले कतिपटक राष्ट्रपति पदको चुनाव लड्न सक्छ भन्नेमा संविधान मौन छ । अहिलेको परिस्थिति अनुसार ट्रम्पले हारे भने उनी तेस्रो पटक पनि चुनाव लड्न सक्छन् ।
राष्ट्रपतिमा उम्मेदवार हुनका लागि न्युनतम ३५ वर्ष तोकिएको छ । तर, अधिकतम भने तोकिएको छैन । ट्रम्प अहिले ७४ वर्षका भए ७८ वर्षका हुने छन् । न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पका एक सल्लाहकारले २०२४ को चुनावमा भाग लिने सम्भावना बढी रहेको उनले बताए । त्यस्तै, ट्रम्पका पूर्व कम्युनिकेसन डाइरेक्टर ब्रायन लैजाका अनुसार अहिलेको चुनाव अलि बढी प्रतिस्पर्दा भयो । यस पटक चुनाव हारेपनि फेरि अर्को पटकको चुनावमा ट्रम्प राष्ट्रपति दावेदार हुनेछन् ।
प्रतिक्रिया दिनुहोस