aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विमान अपहरणको धम्की दिँदा आजीवन कैद, ८ करोड रुपैयाँ जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
विमान अपहरणको धम्की दिँदा आजीवन कैद, ८ करोड रुपैयाँ जरिवाना

एजेन्सी । भारतमा विमान अपहरणको धम्की दिने एक व्यक्तिलाई आजीवन कैदको सजाय तोकिएको छ । विशेष एनआईए अदालतले मुम्बईका एक व्यापारीलाई विमान अपहरणको धम्की दिएको अभियोगमा आजीवन कैदको सजाय सुनाइएको हो । कैदसँगै पाँच करोड भारु (आठ करोड नेपाली रुपैयाँ) जरिवाना समेत तोकिएको छ । 

उक्त जरिवानाबाट आएको रकम विमानका चालक दलका सदस्य तथा यात्रुहरुलाई बाड्न समेत अदालतले आदेश दिएको छ । उक्त रकम त्यो बेला विमानमा सवार यात्रुलाई बाडिनेछ । विशेष एनआईए न्यायाधीश केएम दवेले व्यापारी बिरजु सल्लालाई यस्तो कडा सजाय सुनाएका हुन् । 

अक्टोबर २०१७ मा विमान अपहरणको घटना भएको थियो । विमानमा सवार सल्लाले अंग्रेजी तथा उर्दु भाषामा लेखिएको धम्की मुम्बईबाट दिल्ली गईरहेको ९ डब्लु ३३९ विमानको ट्वाईलेटमा टिश्यू पेपर बक्समा राखेका थिए । गिरफ्तारीपछि सल्लालाई देशभर कुनै पनि विमानमा चढ्न प्रतिबन्ध लगाइएको थियो ।  

उनीमाथि एकदमै कडा कानून मानिएको विमान अपहरण रोधी कानून २०१६ अनुसार मुद्दा दर्ता गरिएको थियो । यो कानून १९८२ को पुरानो कानूनलाई प्रतिस्थापन गर्न बनाईएको थियो । नयाँ बनेको कानून अनुसार कारवाही गरिएको सल्ला पहिलो व्यक्ति हुन् । 

प्रतिक्रिया दिनुहोस