
एजेन्सी । अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्य्राटिक पार्टीका उम्मेदवार जो बाइडेनले आफ्नो अग्रतालाई कायमै राखेका छन् । अमेरिकामा राष्ट्रपति चुनावको तीन दिन पछि पनि जीत र हा।का छिनो फानो भएको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्प हार मान्न तयार छैनन्। तिनीहरू मतगणना रोक्न माग गरिरहेका छन् । जो बाइडेने पेन्सल्भेनिया र जर्जियामा ट्रम्पललाई पछाडि पारेको छन । अब डेमोक्रेट ४ र रिपब्लिकनहरू १ राज्यमा अग्रता लिइरहेका छन्।
न्यु योर्क टाइम्सका अनुसार बाइडेनले हालसम्म २५३ र ट्रम्पले २१४मत प्राप्त गरिसकेका छन। २ ७ को इलेक्टोरल भोत राष्ट्रपति बन्न आवश्यक पर्छ । फक्स न्यूजका अनुसार नेभडामा ४९ दशमलव ८ प्रतिशत र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प ४८ प्रतिशत मत प्राप्त गरेका छन् । ट्रम्पभन्दा बाइडेन यहाँ २२ हजार हाराहारी मतले अघि छन् ।
यस्तै २० इलेक्टोरल भोट रहेको पेन्सिनभेनियामा पनि बाइडेन नै अघि छन् । यो राज्यमा बाइडेन ४९.६ प्रतिशत र ट्रम्प ४९.३ प्रतिशत मतका साथ प्रतिस्पर्धामा छन् ।
१६ इलेक्टोरल भोट रहेको जर्जियामा पनि बाइडेनले अग्रता कायम गरेका छन् । ट्रम्पले अग्रता कायम गरेको यो राज्यमा पछिल्लो २४ घण्टामा बाइडेनले झिनो मतले अग्रता कायम गरेका छन् ।
त्यहाँ १ प्रतिशतको अन्तरले बाइडेन अघि छन् । जर्जिया राज्यको कानून अनुसार ०।५ प्रतिशतको मात्र मतान्तर भएमा त्यहाँ फेरि मतगणना हुन सक्छ ।
१५ इलेक्टोरले भोट रहेको नर्थक्यारोलिनामा भने ट्रम्प अघि छन् । यस्तै ३ इलेक्टोरल भोट रहेको अलास्कामा पनि ट्रम्पले नै अग्रता कायम गरेका छन् ।
यी स्थानमा ट्रम्पले जित नै भने पनि राष्ट्रपति बन्न सम्भब हुने छैन । स्थानीय मिशिगन अदालतले रिपब्लिकन पार्टीले रोक्न खोजेको भोट गन्तिको निवेदन पनि खारेज गरेको छ ।
प्रतिक्रिया दिनुहोस