काठमाडौं । सुनसरी, ईटहरी उपमहानगरपालिका(८ पुष्पलाल चोकस्थित सडकबाट ४ वटा बोरामा रहेको ५६ बण्डल नागिन पटाका सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले को.२२ प ३००२ नम्बरको मोटरसाइकल र को.१ ह ७२६० नम्बरको अटो जाँच गर्नेक्रममा अटोमा उक्त परिमाणको पटाका फेला पारी मोटरसाइकल चालक तथा अटो चालक सहित ४ जनालाई पक्राउ गरेको हो ।
मोरङ, जहदा गाउँपालिका(५ जगुवास्थित सडकबाट २ सय प्याकेट कोब्रा पटाका बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ अबैध रुपमा चोरी पैठारी गरी ल्याउँदै गरेको करिब ८ हजार रुपैयाँ मूल्य बराबरको उक्त पटाका सिमा प्रहरी चौकी पोखरीयाबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले सोही ठाउँमा छाडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो । फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।
सप्तरी, बलान बिहुल गाउँपालिका(५ बलान खोला बगरबाट ३४ हजार ५० रुपैयाँ मूल्य बराबरको पटाका शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । अपरिचित मानिसले भारतबाट साइकलमा ल्याउँदै गरेको उक्त पटाका जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीलाई देख्नासाथ सोही ठाउँमा छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो ।
प्रतिक्रिया दिनुहोस