aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चीनका विरुद्ध किन लाखौं हङकङबासी सडकमा ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
चीनका विरुद्ध किन लाखौं हङकङबासी सडकमा ?

एजेन्सी । हङकङका लाखौं मानिस चीनकाविरुद्ध सडकमा प्रदर्शन गरिरहेका छन् । प्रत्यर्पण कानूनमा संशोधनको विरोधमा लाखौं हङकङबासी सडकमा उत्रिएका हुन् ।

संशोधन गरिएको कानून अर्को हप्ता पारित हुनसक्छ । प्रस्तावित कानून अनुसार कोही गम्भीर प्रकृतिको अपराध गरेर हङकङ भागेमा उसलाई अनुसन्धानको लागि चीन ल्याउन सकिनेछ । 

के छ प्रत्यर्पण कानूनमा ? 
हङकङ सरकारले फेब्रुअरीमा प्रत्यर्पण कानून संशोधनको प्रस्ताव ल्याएको थियो । ताइवानमा एक व्यक्ति आफ्नो प्रेमिकाको विभत्स हत्या गर्दै हङकङ फिर्ता भएका थिए । त्यसपछि कानून संशोधनको प्रस्ताव आएको हो । यदि यो कानून पास भएमा ति व्यक्तिलाई चीनले आफ्नो देश लैजान सक्नेछ । 

हङकङ चीनको एक स्वायत्त द्वीप हो र चीन यसलाई आफ्नो अधिनमा रहेको राज्य मान्दै आएको छ । हङकङले ताईवानसँग प्रत्यर्पण सन्धि गरेको छैन् । त्यसैले हत्यामा संलग्नलाई ताइवान पठाउन समस्या भइरहेको छ । यो कानूनले चीनका ति क्षेत्रमा संदिग्धको प्रत्यर्पित गर्न अनुमति दिनेछ, जोसँग हङकङको सम्झौता भएको छैन् । 
 

प्रतिक्रिया दिनुहोस