नवलपरासी । छिमेकी ३८ वर्षीय भद्र बहादुर परियारलाई पेट्रोल छर्की आगो लगाई गम्भीर घाइते बनाएको अभियोगमा बर्दघाट नगरपालिका(१६ बनदेबी बस्ने ४५ वर्षीय टेक बहादुर बुढाथोकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
टेक बहादुरको घरको बरण्डामा दुवै जना सँगै बसेर मादक पदार्थ सेवन गरिरहेको अवस्थामा बुढाथोकीले परियारलाई पेट्रोल छर्की आगो लगाईदिँदा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घाइते परियारको शहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता हुँदै थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस