
एजेन्सी । राष्ट्रपति बन्न जो बाइडन र डोनाल्ड ट्रम्पले अब कहाँ जित्न आवश्यक छ ? ब्याटलग्राउन्ड राज्यहरू जर्जिया,पेन्सिल्भेनिया,नेभाडा र एरिजोनामा मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ह्वाइट हाउस पुग्न जो बाइडन वा ट्रम्पले कहाँकहाँ जित्नु पर्छ ?
बाइडनले पेन्सिल्भेनिया एउटामा मात्रै वा नर्थ क्यारोलाइना,जोर्जिया, एरिजोना र नेभाडा मध्ये दुईवटामा जितेमा उनको निम्ति ह्वाइट हाउसको ढोका खुला हुनेछ । इलेक्टरल मत ३ वटा रहेको अलास्कामा बाइडनलाई ठूलो मत अन्तरले पछि पारेका ट्रम्प राष्ट्रपतिमा कायम रहन उनले पेन्सिल्भेनियामा जित्नै पर्ने देखिन्छ ।
त्यससँगै नर्थ क्यारोलाइना,जोर्जिया, एरिजोना र नेभाडामध्ये तीनवटामा उनले जित्न आवश्यक हुनेछ । तर उनले जोर्जिया गुमाएर अन्य राज्यमा जिते र बाइडनले जर्जियामात्र जितेमा दुवैको बराबर २६९ मत हुनेछ ।
पेन्सिल्भेनियामा २०, जोर्जियामा १६, नर्थ क्यारोलाइनामा १५, एरिजोनामा ११ र नेभाडा ६ इलेक्टरल मत छन् । राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टरल मत आवश्यक पर्छ । डेमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई अझै १७ मत आवश्यक छ भने ट्रम्पलाई ५६ मतको खाँचो छ ।बीबीसी
प्रतिक्रिया दिनुहोस