aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

भारतीय शेयर बजारमा अहिलेसम्मकै ठूलो विदेशी लगानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ कार्तिक २०७७
भारतीय शेयर बजारमा अहिलेसम्मकै ठूलो विदेशी लगानी

एजेन्सी । भारतीय शेयर बजारमा विदेशी संस्थागत लगानीकर्ता (एफआईआई) यस महिनामा देशको शेयर बजारमा पछिल्लो १३ वर्षबीचमा कुनै एक महिनामा बढी लगानी भएको रेकर्ड दर्ता भएको छ ।

यो महिनाको ५ कारोबार दिनमा मात्र एफआईआई १३,३९९Þ करोड़ रुपैयाँ भारु लगानी भएको छ ।  कारोबारको विहीबार सबैभन्दा बढी ५,३६८ करोड रुपैयाँ भारु लगानी भएको छ । शुक्रबार ४,८६९,बुधबार १४६ करोड रुपैयाँ, मंगलबार २,२७४ करोड र सोमबार ७४० करोड भारु लगानी भएको छ । 

सन २००७ को अप्रिलमा भारतीय शेयर बजारमा ठूलो लगानी आएको थियो भने सन २०१९ मा ३२,३७१ करोड रुपैयाँ भारु लगानी भएको थियो । अमेरिकाको राजनीतिक परिवर्तन हुँदै गरेका कारण गत शुक्रबार भारतीय शेयर बजारको बजारपुँजीकरण पनि ऐतिहासिक रेकर्डमा पुगेको छ ।

भारतीय शेयर बजारको बजारपुँजीकरण १६३ लाख करोड रुपैयाँ भारुभन्दा बढी भएको छ । भारतीय शेयर बजारको इतिहासको १३ वर्षमा कारोबारको ५ दिनभित्र सबैभन्दा बढी विदेशी लगानी आएको यो पहिलो भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस