aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

प्रधानमन्त्री ओलीले बाइडेनलाई बधाई दिँदै भने, अमेरिकासँग निकट भएर काम गर्न चाहान्छु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ कार्तिक २०७७
प्रधानमन्त्री ओलीले बाइडेनलाई बधाई दिँदै भने, अमेरिकासँग निकट भएर काम गर्न चाहान्छु

काठमाडौं । अमेरिकाका नव निर्वाचित ४६ औं राष्ट्रपति जो बाइडनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई ज्ञापन गरेका छन् । ट्वीटरमार्फत नवनियुक्त राष्ट्रपति बाइडनलाई प्रधानमन्त्री ओलीले बधाई ज्ञापन गरेका हुन ।

आइतबार बिहानै ट्वीट गर्दै ओलीले ऐतिहासिक जितका लागि बधाई दिँदै नयाँ निर्वाचित अमेरिकी नेतृत्वसँग आफ्नो निकट भएर काम गर्न चाहेको उल्लेख गरेका छन् । 

बाइडन र उपराष्ट्रपति ह्यारिस दुबैलाई प्रधानमन्त्री ओलीले लेखेका छन्-‘हार्दिक बधाई तपाईँहरूको प्रभावशाली र ऐतिहासिक जीतमा । म हाम्रा दुई देशहरूबीच मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नयाँ अमेरिकी नेतृत्वसँग नजिकबाट काम गर्ने आशा गर्दछु ।’

प्रतिक्रिया दिनुहोस