aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

भारतीय पत्रकार अर्नब गोस्वामी जेल चलान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ कार्तिक २०७७
भारतीय पत्रकार अर्नब गोस्वामी जेल चलान

मुम्बइ। भारतीय पत्रकार अर्नब गोस्वामीलाई एक इन्टिरियर डिजाइनरलाई आत्महत्याको लागि उक्साएको आरोपमा महाराष्ट्रको रायगढस्थित तलोजा जेल पठाइएको छ । बीबीसीका अनुासर उनलाई आइतबार अलीबागको एक कोभिड–१९ क्वारेन्टाइन सेन्टरबाट जेल चलान गरिएको हो । यसअघि अदालतले न्यायिक हिरासतमा पठाएपछि उनलाई क्वारेन्टाइन सेन्टरमा राखिएको थियो ।

बीबीस्ीका अनुसार अर्नबलाई न्यायिक हिरासतमा राखिएका बेला उनले कथित रुपमा फोनको प्रयोग गरेका थिए त्यसपछि उनलाई तलोजा जेल सारिएको हो । रायगढको क्राइम ब्रान्चले अर्नब गोस्वामी कुनै अर्को फोनबाट सामाजिक संजालमा सक्रिय रहेको पाएको थियो । उनको आफ्नो फोन भने ४ नोभेम्बरमा हिरासतमा लिएपछि पुलिसले जफत गरेको थियो ।

अर्नबले तलोजा जेल जैजाँदै गर्दा पुलिसको गाडिभित्रैबाट चिच्याएर अलीबागका जेलरले आफूलाई शनिबार साँझ कुटपिट गरेको बताएका थिए । उनले चिच्याएरै आफ्नो ज्यान खतरामा रहेको र आफ्नो वकिलसँग कुरा गर्न नदिइएको पनि बताएका थिए । अर्नब र अन्य २ जना फिरोज शेख र नीतिश सारदालाई पुलिसले ४ नोभेम्बरमा पक्राउ गरेको थियो । उनीहरुमाथि २०१८ मा इन्टिरियर डिजाइनर तन्वय नाइक र उनकी आमालाई आत्महत्याको लागि उक्साएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस