aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

स्कुटर दुर्घटनामा उदयपुरकी १९ वर्षीया युवतीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ कार्तिक २०७७
स्कुटर दुर्घटनामा उदयपुरकी १९ वर्षीया युवतीको मृत्यु

उदयपुर । स्कुटर दुर्घटनामा उदयपुरकी १९ वर्षीया युवतीको मृत्यु भएको छ । दुर्घटनामा त्रियुगा नगरपालिका ९ राजाबासकी १९ वर्षीया युनिका बुढाथोकीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय उदयपुरमा एसपी भिम बहादुर दाहालले राजाबासबाट गाइघाट तर्फ जाँदै गरेको को ४९ प ९०७० नम्बरको स्कुटर उदयपुरको त्रियुगा नगरपालिका १० स्थित मदन भण्डारी आँखा अस्पताल नजिक सोमबार बिहान दुर्घटना भएको बताए । दुर्घटनामा गम्भिर घाइते भएकी युवतीको जिल्ला अस्पतालमा सामान्य उपचार पछि विराटनगर रेफर गरिएकोमा न्युरो हस्पिटल विराटनगरमा मृत्यु भएको एसपी दाहालले बताए ।   

ती युवती प्याराडाइज बोर्डिङ स्कूलको कक्षा ११ को परीक्षा दिन स्कुटरमा जाँदा आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ । स्कुटरमा दिदि भाई सवार थिए । दुर्घटनामा भाइलाई पनि सामान्य चोट लागेको प्रहरीले जनाएको छ । उनी जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस