aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

१०१ फर्म संचालकको संस्थागत तथा निजी सम्पत्ति रोक्का गर्ने राजस्वको चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
१०१ फर्म संचालकको संस्थागत तथा निजी सम्पत्ति रोक्का गर्ने राजस्वको चेतावनी

वीरगञ्ज । लामो समयदेखि कर नतिरेका र बाक्यौता धेरै रहेका करदातासँग आन्तरिक राजस्व कार्यालय वीरगञ्जले कर उठाउने भएको छ ।

त्यस्तो बाक्यौता बाँकी रहेका १ सय १ फार्मको नाम राजस्व कार्यलयले लिस्टिङ समेत गरेको छ । कार्यालय अन्तरगत रहेका १०१ करदाताले आयकर, मूल्य अभिबृद्धि कर र अन्तः शुल्क बक्यौता दाखिला नगरेको देखिएको छ ।

अन्तरिक राजस्व कार्यालय वीरगञ्जले बाँकी बाक्यौता रकम दाखिला गर्न भनी फर्महरुको नाममा १५ दिने सूचना समेत जारी गरेको छ ।

सूचनाको वेवास्ता गरे कानुन बामोजिम कारवाही प्रक्रिया अवलम्बन गरी बक्यौता असुलउपर गरिने कार्यालयले जनाएको छ । समयमै बक्यौता नबुझाउने करदाताको कारोबार रोक्का, बैंक खाता रोक्का र प्रोप्राइटर/सञ्चालकको घरजग्गा रोक्का गर्ने समेत कार्यलयले चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस