
काठमाडौं । सरकारले पुस्तकमा लगाइँदै आएको कर हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पुस्तकमा लगाइँदै आएको कर हटाउने निर्णय गरेको हो ।
पूर्व अर्थमन्त्री युवराज खतिवडाले पुस्तक आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय लिएका थिए भने सो निर्णयको बौद्धिक क्षेत्रका साथै सरोकारवालाले चर्को आलोचना गर्दै आएका थिए ।
तर, अर्थमन्त्रीमा बिष्णु प्रसाद खतिवडा आएसँगै उनले पुस्तकमा लगाइँदै आएको कर हटाउन प्रस्ताव सोमबारको मन्त्रिपरिषद् बैठकमा पेश गरेका थिए । सो प्रस्ताव बैठकले पारित गरेपछि अब पुस्तकमा कर नलाग्ने भएको हो ।
प्रतिक्रिया दिनुहोस