aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

धनतेरसका दिन भारतमा सस्तोमा सुन किन्ने योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ कार्तिक २०७७
धनतेरसका दिन भारतमा सस्तोमा सुन किन्ने योजना

एजेन्सी । भारत सरकारले धनतेरसका दिनमा पुन सस्तो सुन बेच्ने भएको छ । वास्तवमा भारतीय रिजर्व बैंक (आरबीआई) ले सौभरेन्ट गोल्ड बन्ड योजनाको सुन दिपावालीको अवसरमा पुन बेच्ने भएको हो ।  चालू  आर्थिक वर्ष २०२०(२१ को आठौं श्रृखला अन्तरगत यो सौभरेन्ट गोल्ड बण्ड योजना शुरु गर्न लागेको हो । भारतीय केन्द्रीय बैंकले नोभेम्बर ९ देखि १३ तारिकसम्मलाई सस्तोमा सुनमा लगानी गर्ने मौका दिएको छ । 

यस पटक आरबीआईले सुनको मूल्य ५१७७ रुपैयाँ प्रति ग्राम भारु तोकेको छ ।  रिजर्व बैंकका अनुसार अनलाइन आवेदन गर्दा लगानीकर्ताले प्रति ग्राम ५० रुपैयाँ छुट पाउनेछ । एक ग्राम सौभरेन्ट गोल्ड बान्डका लागि ५१२७ रुपैयाँ भारु तिर्न पर्छ । सातौं श्रृखला अक्टोबर १२ र १६ बीचमा खोलिएको थियो । सौभरेन्ट गोल्ड बन्ड योजना २०२०(२१ आरबीआईले एक ग्राम सुनको मूल्य ५०५१ रूपैयाँ तय गरेको थियो ।

यस सरकारी सुनको मूल्य बजारमा रहेको सुनको दर भन्दा कम हुन्छ । सौभरेन्ट गोल्ड बन्ड योजनामा ​​सुनको मूल्य भारतीय रिजर्व बैंकले निर्णय गर्दछ । यसमा न्यूनतम एक ग्राम सुनमा लगानी गर्न पर्ने हुन्छ । यसमा कर छुट र बैंकबाट ऋण पनि पाइन्छ । 

भारतीय रिजर्व बैंकले भारत सरकारको तर्फबाट स्वर्ण गोल्ड योजना जारी गर्दछ । एक व्यक्तिले एक वर्षसम्म ५ सय ग्रामसम्म सुनमा लगानी गर्न सकिन्छ ।  
 

प्रतिक्रिया दिनुहोस