
एजेन्सी । फार्म कम्पनीले कोभिडको खोप घोषणा गरेको एक मिनेटमा सुनको मूल्य १००० ग्राम प्रति १० ग्रामले घटेको छ । जबकि चाँदीको मूल्य पनि प्रति किलोग्राम २००० रुपैयाँ घटेको छ ।
वास्तवमा फाइजरले उत्पादन गरेको खोपको प्रभावकारीता ९० प्रतिशत भएको दावी गरेको छ । कोरोना महामारीको संकट टरेरका कारण सुनको मूल्य कम हुने लगानीकर्तामा मानोवैज्ञानिक प्रभाव परेका कारण सनुच र चाँदीको मूल्य घट्न थालेको हो । अमेरिकन कम्पनी फाइजर र जर्मन पार्टनर बायोएनटेकले कोरोनाभाइरस खोप विकास गेरेको घोषणा गरेको छ ।
मल्टी कमोडिटी एक्सचेन्ज(एमसीएक्स)मा डिसेम्बरको गोल्ड फ्यूचर्सको मूल्य २ प्रतिशत अर्थात १००० रुपैयाँ प्रति १० ग्राम गिरावट भएर ५११६५ रुपैयाँ भारु भएको छ । एमसीएक्समा सुन ५०६७७ देखि ५२५२० रुपैयाँमा कारोबार भइरहेको छ । विश्व बजारमा सुनको मूल्यमा २ प्रतिशतले गिरावट भइ १९०९.०० डलर प्रति औंस पुगेको छ
न्यूयोर्कमा सुनको मूल्य ०.४३ प्रतिशतले वृद्धि भएर कारोबार भइरहेको थियो । उहि चाँदी ०.७५ प्रतिशतले बढेर कारोबार भइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस