
एजेन्सी। अन्डरवर्ल्ड डन दाऊद इब्राहिमको भारतको मुम्बईमा रहेको सम्पत्ति अन्ततः लिलामी भएको छ। दिल्लीका दुई वकिलले दाऊदको सम्पत्ति खरिद गरेका हुन्। यो लिलामीबाट भारतसरकारले २२ लाख ७९ हजार ६०० रुपैयाँ प्राप्त गरेको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन्।
वकिल अजय श्रीवास्तवले दाऊद इब्राहिमको दुईवटा र वकील भूपेन्द्र भारद्वाजले चारवटा सम्पत्ति खरिद गरेका हुन्।
अंडरवर्ल्ड डन दाऊद इब्राहिमको नजिकका सहयोगी इकबार मिर्चीको सम्पत्ति भने यस पटक पनि लिलामीमा बिक्री भएन। उनको जुहूमा रहेको सम्पत्तिको मूल्य धेरै राखिएको भन्दै कसैले खरिदको इच्छा नै देखाएनन्।
अन्डरवर्ल्ड डन दाऊद इब्राहिमको पैतृक हवेली पनि मात्र ११ लाख २ हजारमा बिक्री भएको छ।
प्रतिक्रिया दिनुहोस