काठमाडौं । मोरङ, रतुवामाई नगरपालिका-३ पिडाली चोकबाट भारतबाट अवैध रुपमा ल्याउँदै गरेको ३ बण्डल नागिन पटाका सहित सोही नगरपालिका-३ बस्ने ३६ वर्षीय छेदि साहलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले साहले काँधमा बोरा बोकी आउँदै गरेको अवस्थामा उक्त पटाका सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी मोरङ, रतुवामाई नगरपालिका-२ घरु चोकबाट भारतबाट अवैध रुपमा ल्याउँदै गरेको २ बण्डल नागिन पटाका सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । भारतबाट साइकलमा ल्याउँदै गरेको उक्त पटाका ल्याउने मानिस सिमा प्रहरी चौकी डोरियाबाट खटिएको प्रहरीलाई देख्नासाथ पटाका फाली फरार भएपछि प्रहरीले बरामद गरेको हो ।
यसैगरी मोरङ, रंगेली नगरपालिका-६ नेमाटोलबाट २ हजार ४३ प्याकेट विभिन्न प्रकारको पटाका सोमबार बिहान प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ उक्त पटाका ल्याउँदै गरेको मानिस ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीलाई देख्नासाथ पटाका छाडी फरार भएपछि प्रहरीले बरामद गरेको हो ।
सुनसरी, दुहबी नगरपालिका-२ स्थित नहर नजिकबाट ६ बण्डल नागिन पटाका सोमबार बेलुका प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीलाई देख्नासाथ उक्त पटाका ल्याउँदै गरेको मानिस फरार भएपछि प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस