
एजेन्सी । भारतका विप्रोका संस्थापक अजीम प्रेमजी संभवत विश्वकै सबैभन्दा धेरै दान गर्ने दाताहरूको सूचीमा अगाडि देखिएका छन्। उनले आर्थिक वर्ष २०२० मा ७९०४ करोड रूपैयाँ भारु दान गरेका छन् । उनले एक वर्षमा गरेको दान हरेक दिन करिब २२ करोड रुपैयाँ दान गर्ने गरेका रहेछन् ।
प्रेमजीले मुकेश अम्बानी भन्दा १७ गुणा बढी चन्दा दिदाँ रहेछन् । अम्बानीले यस अवधिमा ४५८ करोड रुपैयाँ भारु चन्दा दिएका रहेछन । भारतको एक संस्थाले मंगलबार सार्वजनिक गरेको एक रिपोर्टमा १० जना भारतमा धेरै दान दिन संस्था र व्यक्तिको नाम सार्वजनिक गरिएको छ ।
अजीम प्रेमजी फाउन्डेशन विप्रो र विप्रो एन्टरप्राइजेजले कोभिड महामारीको विरूद्ध लड्न १,१२५ करोड सहयोग गरेका छन् । रिलायन्स इन्डस्ट्रिजले महाराष्ट्रका मुख्यमंत्री राहत कोष र गुजरातका मुख्यमंत्री राहत कोषलाई ५००(५०० करोड रुपैयाँ भारु दिएका छन् ।
एमडी र हुरुन भारतका प्रमुख अनुसन्धानकर्ता अनु रहमान जुनैदका अनुसार अजीम प्रेमजी परोपकारका हिसाबले भारतमा एक रोल मोडेल हुन । तिनीहरू पनि अन्य उद्यमीलाई दान गर्न प्रोत्साहित गरिरहेका छन्।
प्रेमजी पछि फ्रीलांथ्रोपी सूचीमा दोस्रो नम्बर एचसीएल टेक्नोलोजीका संस्थापक शिव नादर छन । उनले एक बर्षमा ७९५ करोड रुपैयाँ भारु अनुदान दिएका छन । त्यस्तै, एशियाका सबैभन्दा धनी र रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष मुकेश अम्बानी ४५८ करोड रुपैयाँ भारु अनुदान दिएर दान दिनेमा तेस्रो स्थानमा छन्।
आदित्य बिडला समूहका अध्यक्ष कुमार मंगलम बिडला र उनको परिवारले एक बर्षमा २७६ करोड भारु सहयोग गरेको छ । पाँचौं स्थानमा वेदान्तका अध्यक्ष अनिल अग्रवाल र परिवार रहेको छ । उनी र उनको परिवारले २१५ करोड सहयोग गरेका छन् ।
त्यस्तै छैटौं नम्बरमा अजय पिरामल एण्ड परिवारले १९८ करोड, नन्दन निलकेणीले १५९ करोड, हिन्दुजा ब्रदर्सले १३३ करोड, गौतम अडानीले ८८ करोड र राहुल बजाज एण्ड परिवारले ७१ करोड रुपैयाँ भारु दान दिएका छन् ।
प्रतिक्रिया दिनुहोस