फुङ्लिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले जिल्लाका आठवटै स्थानीय तहमा पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम गर्ने बताए । मंगलबार मैवाखोला गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले सो धारणा राखेका हुन । सो क्रममा मदन भण्डारी राजमार्गलाई आगामी दुई वर्षभित्रमा कालोपत्रे गर्ने बताए ।
उनले यसै वर्षदेखि दुई तर्फबाट राजमार्गको कालोपत्रे गर्ने काम शुरुआत गरिने बताए । मित्रराष्ट्र चीनसँग नौ वटा नाका खुल्ने अघिल्लो वर्षमै सम्झौता भइसकेकाले तामोर कोरिडोरले तीव्रता पाउँदै जाने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस