aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

जागिर छाडेर दूग्ध व्यवसायमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ कार्तिक २०७७
जागिर छाडेर दूग्ध व्यवसायमा

सल्यान । प्राविधिक जागिर छोडेर दूग्ध व्यवसाय सञ्चालन गरेका एक व्यावसायीले वार्षिक ३० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । वागचौर नगरपालिका–७ का प्रेमबहादुर डिसीले व्यवसाबाट स्वरोजगार हुँदै १५ जना स्थानीयलाई  रोजगारी दिएका छन् । 

दैनिक ४० लिटरबाट दूध संकलन गरेका व्यवसायी डिसीले अहिले दैनिक तीन हजार लिटरभन्दा बढी दूध संकलन गर्दै आउनुभएको छ । अहिले उहाँको जीवन डेरी उद्योगकोबाट पहिलोपटक जिल्लाबाहिर पनि दूध निर्यात हुन थालेको छ । 

विसं. २०६९ सालमा लघु उद्यम विकास कार्यक्रममा कृषि उद्यम विकास सहजकर्ताको जागिर छाडेर व्यवासय सञ्चालन गरेका डिसीले अहिले पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकाबाट समेत दूध संकलन शुरु गरेको बताउँछन् । उद्योगबाट हाल दुइ जिल्लाका पाँच सयभन्दा बढी लाभ लिइरहेका छन् । 

विसं. २०६८ मा जिल्ला पशु सेवा कार्यालय सल्यानले दूध उत्पादनको सर्वेक्षण अनुसार जिल्लामा दैनिक १० हजार लिटर दूध उत्पादन हुन्छ ।    दूध बिक्री हुन थालेपछि भैसीपालनतर्फ किसानहरु आकर्षित भएको डिसीले जानकारी दिए ।

व्यवसाय सञ्चालनका लागि हालसम्म करिब एक करोड ५० लाखभन्दा बढी लगानी गरिएको उनको भनाइ छ । 

किसानहरुले दूध उत्पादन गरी बिक्री वितरणबाट राम्रो आम्दानी गर्न थालेपछि दार्मा गाउँपालिकाले व्यावसायिक भैँसीपालनका लागि भैसी तथा राँगा समेत वितरण गरेको जनाएको  छ । 

प्रतिक्रिया दिनुहोस