aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

कालीगण्डकी करिडोरको रानीपानी–कुर्घा खण्ड कालोपत्रे गर्न बजेट स्वीकृत

  • रासस
    रासस
  • बुधबार, २६ कार्तिक २०७७
कालीगण्डकी करिडोरको रानीपानी–कुर्घा खण्ड कालोपत्रे गर्न बजेट स्वीकृत

पर्वत । दुई छिमेकी मुलुक भारत र चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानी–कुर्घा खण्डको २२ किलोमिटर पक्की सडकका लागि बजेट विनियोजन भएको छ । 

पर्वतको बिहादी गाउँपालिका–३ रानीपानीदेखि फलेवास नगरपालिका–१० कुर्घा लमायखोलासम्मको खण्डका लागि आवश्यक रु एक अर्ब २४ करोड बजेटसहित बहुवर्षीय ठेक्काका लागि अर्थमन्त्रालयले स्वीकृति दिएको हो ।

राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको यो खण्डका लागि बजेट सुनिश्चित भएसँगै अब छिट्टै बोलपत्र आह्वान गरिने कालिगण्डकी करिडोर सडक आयोजना (गैंडाकोट–राम्दी–मालढुङ्गा) प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए । 

प्रमुख देबकोटाका अनुसार करिडोरको रानीपानी–कुर्घा खण्ड ‘डबल लेन’मा सात मिटर कालोपत्रे हुनेछ । यो सडक कालोपत्रेका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निरन्तरको प्रयासका कारण बहुवर्षीय ठेक्का स्वीकृत भएको हो । अध्यक्ष र सचिवालयले आयोजनाको कार्यालयदेखि, सडक विभाग, भौतिक मन्त्रालय, योजना आयोग हुँदै अर्थ मन्त्रालयसम्म पहल गर्नुभएको करिडोर प्रमुख देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस