aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मध्यरातमा इमरानले गरे राष्ट्रका नाममा सम्बोधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
मध्यरातमा इमरानले गरे राष्ट्रका नाममा सम्बोधन

एजेन्सी । पाकिस्तान यतिखेर चरम आर्थिक र राजनीतिक संकटबाट गुज्रिरहेको छ । मंगलबार विपक्षी पार्टीको भारी हंगामाका बीच पाकिस्तानमा बजेट पेश गरिएको छ ।

बजेट पेश भएपछि प्रधानमन्त्री इमरान खानले आधा रातमा देशवासीलाई सम्बोधन गरेका छन् । प्रधानमन्त्रीको सम्बोधनमा चिन्ता र डरको छायँ मिस्सएको अनुभव हुन्थ्यो । उनले भने, ‘देश यतिबेला मुश्किलमा छ र अर्को कुरा यो मुश्किलबाट पार पाउनका लागि पुरै समुदाय एक हुनुको विकल्प छैन ।’ पाकिस्तान पिपुल्स पार्टीका प्रमुखख बिलावल भुट्टो जादारी इमरानले मनमा लागेको डरबाट माथि उठ्न उनले मध्यरातमा जनतालाई सम्बोधन गरेको टिप्पणी गरेका छन् ।

इमरानलाई सरकार ढल्ने डर छ, उनले भने, मनोमानी चल्दै, महंगी, कर, बेरजगारी दर बढाएर सरकार चल्न सक्दैन, यो बजेट आर्थिक रुपले आत्महत्या गर्ने खालको आएको छ ।। पहिलाको सरकारले पछिल्ले १० वर्षमा पाकिस्तानको ऋण ६ हजार अर्ब रुपैयाँबाट ३० हजारअर्ब रुपैयाँसम्म पुर्याएको थियो , इमरानले भने, आसिफ अली जारदारी र नवाज सरीफको सरकारमा

पाकिस्तानमाथि विदेशी कर्जा ४१ अर्ब डलरबाट ९७ अर्ब डलर पुगिसकेको छ । उनीहरुकै शासन व्यवस्थाको असर अहिले देखिएको उनको टिप्पणी छ । सरकारले बजटमार्फत् आयकरको दर २५ प्रतिशतबाट बढाएर ३५ प्रतिशत गएिको छ ।

प्रतिक्रिया दिनुहोस