aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एचडीएफसी बैंकका सीइओको तलब ५५.८७ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
एचडीएफसी बैंकका सीइओको तलब ५५.८७ करोड

एजेन्सी । भारतको निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक एचडीएफसी बैंकका म्यानेजिङ डाइरेक्टर तथा प्रमुख कार्यकारी अधिकृत आदित्य पुरीको आर्थिक वर्ष २०१८-१९को वार्षिक तलबको प्याकेज आएको छ । उनको तलबको सबै सुविधाहरु मिलाउदा ५५.८७ करोड भारु हुने छ । यस प्याकेजमा शेयर अप्सन समेत रहेको छ । उनको तलब गत वर्षभन्दा ३६ प्रतिशत वृद्धि भएको छ । 

पुरीको कार्यकाल एनडीएफसी बैंकलाई निजी क्षेत्रको ठूलो बैंक बनाउन सफल भएका छन् । जहा अन्य निजी क्षेत्रका बैंकभने मुस्किले चलि मात्र रहेका छन् । पुरीलाई यसको पुरस्कार स्वरुप यो ३६ प्रतिशत तलब वृद्धि गरिएको अनुमान समेत लगाइएको छ । 

बैंकको वार्षिक रिर्पोटका अनुसार बेसिक तलब १०.७३ करोड भारु रहेको छ । त्यस्तै, २ं.२६ करोड भारु अन्य सुविधा, ०.६७ करोड सञ्चय कोष र पेन्सन कुल मिलाएर १३.६७ करोड रुपैयाँ भारु हुने छ । 

४२.२० करोड रुपैयाँ भारु भने एम्प्लाइयी स्टक अप्सन पाएका छन् । यसरी वार्षिक रुपमा पुरीले ५५.८७ करोड रुपैयाँ भारु रकम पाउने छन् । पुरी कुनै एक बैंकमा लामो समयसम्म रहने प्रमुखको रुपमा चिनिन्छन् । त्यस्तै एचडीएफसी बैंकमा डिप्यूटी म्यानेजिङ डाइरेक्टर परेश सुतांकर महजको तलब भने ६.३३ करोड रुपैयाँ भारु रहेको छ । 
अन्य कर्मचारीको तलब १०.३१ प्रतिशतले बढाएको यस बैंकको मुख्यालय भने मुम्बइमा रहेको छ । यस बैंकमा ९८ हजार ६१ जना स्थायी कर्मचारी कार्यरत रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस