aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भारतका दुई खर्बपतिलाई जेलको एकै कोठामा राखिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
भारतका दुई खर्बपतिलाई जेलको एकै कोठामा राखिने

एजेन्सी । भारतका विभिन्न बैंकको अर्बौ रकम हिनामिना गरेर फरार रहेका हिरा व्यापारी निरव मोदी र मदिरा व्याापारी विजय माल्यालाई भारत ल्याइसकेपछि जेलको एकै कोठामा राखिने भएको छ । 

उनीहरुलाई भारतको मुम्बाइ स्थित आर्थर रोडको एक जेलको २० गुणा १५ फिटको कोठामा राखिने छ । जसमा फंखा, टयूवलाइट, सफा खानेपानी टयावेलट सहितको सुविधा रहने छ । दुबै जना हाल भने बेलायतमा रहेका छन् बेलायतबाट भारत ल्याउन भातीय सरकारले कोशिस गरिरहेको छ । 

निरव मोदीले बैंकमा १२ हजार ७०० करोडको बैंक घोटलामा संलग्न भएको देखिएको थियो । भने माल्याले सरकारी बैंकका करिब १.१४५ अर्ब पाउण्ड ऋण तिर्न बाँकी रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस