aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

विपन्न तथा एकल महिलाहरुलाई कृषि सामग्री वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
विपन्न तथा एकल महिलाहरुलाई कृषि  सामग्री वितरण

काठमाडौं । महिला मुक्ति तथा सचेतना समाज रसुवाले कृषि सामाग्री वितरण गरेको छ । समाजको आयोजना तथा  महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय , महिला तथा बालबालिका विभागको सहयोगमा राष्ट्रपती महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरेको हो । 

रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं ५ सरमथलीका ३० जना अति विपन्न तथा एकल महिलाहरुलाई नौकुण्ड गाउँपालिकाका उप प्रमुख सिर्जना लामा , सोही वडाका वाडाध्यक्ष शुक्रमान पाख्रिीन लगायत सहजीकरण समितिका सदस्यहरुको उपस्थितिमा प्रत्येक जनालाई एक समारोहका विच  सत्रहजार बराबरको कृषी सामाग्री वितरण गरेको छ । 

महिलाहरुलाई सामग्री वितरण गर्नु अघि जेष्ठ १० गते देखि १४ गते सम्म तरकारी खेती तथा वितरित हुने सामग्रीहरुको उपयोगिता सम्बन्धी तालिम प्रधान गरेको थियो । वितरण गरिएको सामग्रीहरुमा टनेल प्लाष्टीक, पाइप,हजारी,प्रिङ कल , थोपा सिञ्चाई , पम्प,टनेल फित्ता, कैची,प्राङ्गारीक मल , सुतली डोरी , सेतो प्लाष्टीक लगायतको सामाग्री रहेका छन् । 

त्यस्तै ड्रम , कोको फिट , नर्सरी ट्रेका साथ साथै सात प्रकारका विउविजनहरुको वितरण गरिएको थियो । पहिला तालिम र यस पश्चात वितराण गरिएको सामग्रीबाट तरकारी खेती गर्न सहज वातातरणको सिर्जना हुने हुँदा महिलाहरुको जीबनमा उल्लेख्य सुधार हुने अपेक्षा आफुले राखेको उप प्रमुख लामाले बताए । 

यस अघि विभिन्न संधसंस्थाले तालिम दिएता पनि सामग्री वितरण नहुँदा तालिममा सिकेको कुराहरुको व्यवहारत लागु गर्न नपाइने समस्या रहेकोमा अहिले तालिमको साथसाथै सामग्री पाएकोले व्यवाहरत लागु गरी व्यवसायी वन्न र आफ्नो जीवन स्तर परिवर्तन गर्नमा उत्प्रेरित गरेको अति विपन्न महिला बुधमाया थिङले बताईन ।  
 

प्रतिक्रिया दिनुहोस