
एजेन्सी । कोरोना संकटमा भारतको अर्थव्यवस्थाको सही बाटोमा ल्याउनका लागि नयाँ प्याकेज ल्याएको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमण विहीबार पत्रकार सम्मेलन गर्दै भारतको अर्थतन्त्र सुधारउन्मूख रहेको बताएकी छिन् ।
सरकारले आत्मनिर्भर भारतका लागि ३ प्रतिशत राहत दिने घोषणा गरेको छ । साथै नयाँ रोजगारी सृचजनाका लागि यो रकम खर्च गर्न पर्ने सर्त राखेको छ । अर्थमन्त्री सितारमणका अनुसार भारतका ३९.७ लाख करदाताहरुलाई १३२,८०० करोड रुपैयाँ भारु दिएको छ ।
भारतको रेलवेको भाडामा २० फीसदी बढेको छ । इलेक्ट्रोनिक्सको अपत १२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै बैंकहरुको ऋणमा ५.१० प्रतिशतले बढेको उनले बताइन । भारतमा विदेशी लगानी यो बीचमा ५६० अर्ब डलर पुगेको छ । भारतमा विदेशी लगानीको वृद्धिदर १३ प्रतिशत रहेको छ । गुड्स एण्ड सर्भिस ट्याक्स (जिएसटी) अक्टोबरमा १.०५ लाख करोड पुगेको उनले बताइन ।
प्रतिक्रिया दिनुहोस