
दुबई । विश्वमै सवैभन्दा लामो समय प्रधानमन्त्री भएका बहराइनका प्रधानमन्त्री खलिफा बिन सल्मान अल खालिफाको निधन भएको छ । देशका राजकुमार समेत रहेका उनको ८४ बर्षको उमेरमा बुधबार निधन भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
अमेरिकास्थित मायो क्लिनिकमा केही समयदेखि उपचार गराइरहनु भएका उनको उपचारकै क्रममा निधन भएको हो । सानो अरबी मुलुक बहराइनका शक्तिशाली र अत्यन्त धनी व्यक्तिका रुपमा चिनिने खलिफाको निजी टापू नै भएको र विदेशीहरुलाई उनले त्यही भेट्ने गर्दथे ।
बहराइनका राजा शेख हमाद बिन इसा अल खलिफाले उनको शोकमा एक हप्ते राष्ट्रिय शोक घोषणा गरेका छन । शोक अवधिमा राष्ट्रिय झण्डा आधा झुकाइने अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रधानमन्त्री खलिफा विश्वकै सबैभन्दा लामो कार्यकाल प्रधानमन्त्री भएका व्यक्तिका रुपमा चिनिन्छन। उनी सन् १९७० को आसपासदेखि अहिलेसम्म प्रधानमन्त्री भएका थिए । सन् २०११ मा भ्रष्टाचारको आरोप लगाउदै भएको आन्दोलनबाट हटाउने प्रयास हुँदा पनि उनी पदमै रहन सफल भएका थिए ।
प्रतिक्रिया दिनुहोस