aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कुन राशिका व्यक्तिलाई कुन पेशा उत्तम ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
कुन राशिका व्यक्तिलाई कुन पेशा उत्तम ?

मेष:

  राशिका व्यक्तिहरु उत्साहका साथ काम गर्न मन पराउँछन् । प्रायः मेष राशिका व्यक्तिहरुले आफ्नो कुराहरु सिधा तरिकाले प्रस्तुत गर्ने भएकोले उक्त बानीको कारण पछुत्ताउने गर्छन् । किनकी सबैलाई खुलेर कुरा गरेको मन नपर्न सक्छ । भोली भन्दापनि आज नै सोचेर मोज गर्नुपर्छ भन्ने स्वभाव यी व्याक्तीहरुमा हुन्छ ।

मेष राशिका व्यक्तिहरु आफ्नो काममा भन्दापनि अरुको काममा रमाउने खालको हुन्छन् । बढी महत्वकाँक्षी हुनु यो राशिको व्यक्तिहरुको बानी हो । तर धैर्यताको कमीले सम्बन्धहरुमा दरार पैदा हुन सक्छ । मेष राशिका व्यक्तिहरुले प्रायः बचत गर्ने सोच बनाउदैनन् । मुख्य गरेर मेष राशिका व्यक्तिहरु मार्केटिङ, व्यवस्थापक क्षेत्रमा आफ्नो छाप छोड्न सक्छन् ।


वृषः

वृष राशिका व्यक्तिहरु अलि जिद्धी स्वभावका हुन्छन् । तर कतिपय अवस्थामा शहनशिल क्षमता पनि प्रस्तुत गर्न सक्छन् । असल, इमान्दार, विश्वसनीय र राम्रो बानि भएकै कारण साथी बनाउनपनि यो राशिका व्यक्तिहरु लागिपर्छन् । कुनै नयाँ चीजमा ढल्किन यो राशिका व्यक्तिहरुलाई अफ्ट्यारो हुन्छ । किनकी यो राशिका व्यक्तिहरु परिवर्तनमा हतपत्त विश्वास गर्दैनन् । यो राशिका व्यक्तिहरुलाई कृषि, बैंकिङ, चिकित्सा शिक्षा र निर्माण क्षेत्रमा राम्रो हुन्छ ।


मिथुन :

मिथुन राशिको तत्व वायु र ग्रह देवता पनि बुध भएको कारणले यस राशिका व्यक्तिहरुमा वायुजस्तै अस्थिरता पैदा हुने गर्छ । केहि मिथुन राशिका व्यक्तिहरु प्रायः दुविधा पूर्ण व्यवहार देखाइरहन्छन् । समय अनुकुल यी राशिका व्यक्तिहरु परिवर्तित हुन सक्छन् ।

मिथुन राशिका व्यक्तिहरुसँग राम्रो कुरा गर्ने क्षमता भएको कारण, विज्ञापन, मिडिया, पब्लिक रिलेसन र राजनीतिको क्षेत्र राम्रो हुन्छ ।


 

कर्कट :

कर्कट राशिका व्यक्तिहरु अन्य राशिका व्यक्तिहरुभन्दा अलि जटिल स्वभावका हुन्छन् । यी राशिका व्यक्तिहरुले परिवारलाई सधैं महत्वपूर्ण स्थानमा राख्छन् । अरुको दुःख पनि राम्ररी बुझ्न सक्छन् ।

कर्कट राशिका व्यक्तिहरु अरुलाई मदत गर्ने खालका हुन्छन र द्वन्दबाट निक्कै टाढा बस्न रुचाउछन् । जुनसुकै काम गर्दापनि दृढताका साथ लागिपर्छन् । यो राशिका व्यक्तिहरु बढी महत्वकांक्षी हुदैनन् ।


सिंह

सिंह राशिका व्यक्तिहरुमा नेतृत्व गर्न सक्ने क्षमता बढी हुन्छ । रचनात्मक क्षमता बढी भएको कारण यो राशिका व्यक्तिहरु आफुले चाहेको कुरा प्राप्त गर्न सक्षम हुन्छन् । तर सिंह राशिको तत्व अग्नि भएको कारणले यी व्यक्तिहरुका लागि काममा कठिनाइहरु आउने गर्छ । आएका कठिनाइहरुलाई आफैले हल गर्ने क्षमता पनि यो राशिका व्यक्तिहरुमा हुने गर्छ ।

उदार, निस्वार्थ र बफादार खालका यी व्यक्तिहरुको अलि धेरै साथिहरु हुन्छन् । नेतृत्व गर्न सक्ने क्षमता भएको हुनाले सिंह राशिका व्यक्तिहरुलाई धेरै काम गर्ने अवसर प्राप्त हुन्छ । विशेष गरेर सिंश राशिका व्यक्तिहरुलाई व्यवस्थापन, अध्यापन, र राजनीतिको क्षेत्र राम्रो मानिन्छ ।


कन्या :

कन्या राशिका व्यक्तिहरु सानो–सानो कुरामा धेरै ध्यान दिने गर्दछन् । मानवताको असली अर्थ थाहा भएका यी व्यक्तिहरु १२ वटा राशि मध्ये सबैभन्दा बढी सतर्कता अपनाउने खालका हुन्छन् । यी व्यक्तिहरु आफ्नो जिन्दगिमा भाग्य र मौका भन्दा पनि व्यवहारिक तरिकाले जिउन रुचाउँछन् ।

यो राशिको ग्रह देवता बुध भएको कारणले यस्ता व्यक्तिहरुसँग लेख्ने, बोल्ने तथा अभिव्यक्ति गर्ने कला राम्रो हुन्छ । कन्या राशिका व्यक्तिहरुलाई कला क्षेत्रमा राम्रो हुन्छ । यसको साथै डाक्टर, नर्स, मनोविज्ञान, शिक्षण तथा लेखन क्षेत्रमा राम्रो हुन्छ ।


तुला :

तुला राशिका व्यक्तिहरु एक्लै शान्तसँग बस्न रुचाउँछन् । तुला राशिको तत्व वायु भएको कारणले यी व्यक्तिहरुमा बुद्धिमान्, विद्धान् र गहिराइका साथ सोच्ने क्षमता रहेको हुन्छ । यी व्यक्तिहरु पुस्तक तथा प्रभावकारी व्यक्तिहरुकोबाट प्रेरित हुन्छन् ।

तुला राशिका मानिसहरुहरु न्यायमा धेरै विश्वास गर्छन् । सकेसम्म लफडा झै–झगडाबाट टाढा रहन्छन् । तुला राशिका मानिसहरुलाई अफिसर, वकिल, डिप्लोम्याट्स, सरकारी जागिर , डिजाइनिङ, जस्ता पेशा राम्रो हुन्छ ।


 

वृश्चिक राशि :

वृश्चिक राशिका व्यक्तिहरुमा कुनै कामलाई तुरुन्तै सम्पन्न गर्ने क्षमता हुन्छ । खोज तथा अध्यायन अनुसन्धान गरेर कुनै कुरा अभिव्यक्त गर्ने बानी यो राशिका व्यक्तिहरुमा हुन्छ । जल तत्व हुने यी राशिका व्यक्तिहरु नयाँ–नयाँ कुराका अनुभव गर्न रुचाउँछन् । यी व्यक्तिहरुसँग नेतृत्व गर्ने क्षमता हुन्छ ।

यी व्यक्तिहरु व्यवस्थापन र समस्याको समाधान निकाल्न क्षमतावान् हुन्छन् । वृश्चिकले आफ्नो लक्ष्य तय गरेपछि त्यो लक्ष्यलाइ जसरी भएपनि प्राप्त गरी छाड्छन् । त्यसैले यी राशिका व्यक्तिहरुलाई वैज्ञानिक, फिजिशीयन, रिसर्चर, डिटेक्टिव, प्रहरी, व्यापार व्यवस्थापक र मनोविज्ञानको क्षेत्र राम्रो हुन सक्छ ।


धनु :

धनु राशिका व्यक्तिहरु एकदमै जिज्ञासु र उर्जावान् हुन्छन् । धुनु राशिका मानिसहरुलाई घुम्न मनपर्छ, समयसँगै परिवर्तनशिल हुन सक्छन् । आफ्नो सोचलाई कार्यमा परिवर्तन गर्न सक्षम हुन्छन् ।

ग्रहहरुमा नै सबै भन्दा ठूलो बृहस्पति नै धनु राशिको ग्रह देवता भएको कारणले गर्दा पनि यी व्यक्तिहरुमा निकै उत्साह हुन्छ । स्वतन्त्रता धनुहरुको सबैभन्दा ठूलो धन हो त्यसैकारण यी व्यक्तिहरुले आफ्नो जीवनमा नयाँ ठाउँ घुम्दै नौलो संस्कृतिहरु, चिजहरु सिक्ने मौका खोजिरहन्छन् ।

धनु राशिका मानिसहरुसँग धैयर्ता अलि कम हुन्छ । त्यसैले सामाजिक व्यवहार र सहनशीलता धनुलाइ एकदम जरुरि हुन्छ । ट्राभल एजेन्ट, फोटोग्राफि, रिसर्च, कलाकारिता, आयात निर्यातको क्षेत्र यो राशिका व्यक्तिहरुलाई राम्रो हुन्छ ।


मकर :

मकर राशिका लागि प्रायः परम्परागत चिजहरु प्राथमिकतामा रहने गर्छन् । यी राशिहरुका मानिसहरुलाई कर्मप्रति विश्वास लाग्छ । स्वतन्त्र स्वभावले गर्दा आफ्नो आम्दानी वृद्धि गर्न सक्षम रहन्छन् । परिवारलाई महत्वपूर्ण ठान्ने यी राशिका व्यक्तिहरु सेल्फ कन्ट्रोल र क्षमताले भरिपूर्ण हुन्छन् ।

शनि ग्रह देवता भएको कारणले नै यो राशिको व्यक्तिहरु जिम्मेवार बढी हुन्छन् । यी व्यक्तिहरुलाई पैसा कसरी बचाउने कुरा थाहा हुन्छ । वफादारिता र कठिन परिश्रम गर्ने क्षमता यी व्यक्तिहरुमा हुन्छ । मकर राशिका व्यक्तिहरुले ब्यापारमा नेतृत्व लिन सक्छन् साथै व्यवस्थापन क्षमता पनि राम्रो हुन्छ । साथै शिक्षा क्षेत्र र घर जग्गा क्षेत्रमा लाग्दा मकर राशिका व्यक्तिहरुलाई राम्रो हुन्छ ।


कुम्भ :

 कुम्भ राशिमा जन्मिएका व्यक्तिहरु शान्त र लजालु स्वभावका हुन्छन् । यस राशिका व्यक्तिहरु उर्जाशिल हुन्छन् । गहिराइमा गएर सोच्नसक्ने क्षमता, अरुलाई मद्दत गर्ने स्वभाव हुन्छ । तर यसमा राशि अन्तर्गत जन्मिएका व्यक्तिहरु रिसाहा स्वभावका हुन्छन्
शनि ग्रहको कारण कुम्भ राशिका व्यक्तिहरु दुरदर्शी हुन्छन् । यस्ता मानिसहरुले ५–१० वर्षमै भविश्यमा के बन्न चाहने भन्ने निर्क्यौल गरिसक्छन् । यस राशिका व्यक्तिहरुलाई एक्लोपन मन पर्दैन त्यसैले प्राय यस राशिका व्यक्तिहरुले धेरै साथी बनाउछन् । कलाकारिता, लेखन, अध्यापन, फोटोग्राफी, तथा पाइलट पेशा यो राशिका व्यक्तिहरुलाई उपयुक्त हुन्छ ।


मीन :

मीन राशिका व्यक्तिहरु मिलनसार स्वभावका हुन्छन् । त्यसैले थुप्रै अनौठा व्यक्तिहरु भेटघाट गर्ने मौका पाउछन् । निस्वार्थ रुपमा सक्दो अरुलाई मदत गर्ने प्रयास यस राशिका व्यक्तिहरुले गर्छन् ।

बृहस्पति यो राशिको देवता भएको कारणले नै यो राशिमा जन्मिएकाहरु बुद्धिमान् र ज्ञानले भरिएको हुन्छन् । मीन राशिका व्यक्तिहरुमा कलात्मक क्षमता राम्रो हुन्छ । मीन राशिका ब्यक्तिहरुको लागि पशुचिकित्सा, वकिल, आर्कीटेक्ट, संगीतकार, समाजसेवी र कम्प्युटर गेम डिजाइनर जस्ता पेश राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस