
एजेन्सी । रिलायन्स इन्डस्ट्रिजले विश्वका धनी बिल गेट्सको क्लीन इनर्जी उद्यम ब्रेकथ्रू एनर्जी वेन्चर्स (बीईवी) मा लगानी गर्ने भएका छ । रिलायन्सले उक्त कम्पनीमा ५ करोड डलर लगानी गर्ने भएको हो ।
बिल गेट्सको क्लीन इनर्जी योजनामा रिलायन्सको ५.७५ प्रतिशत स्वामित्व रहने छ । क्लीन इनर्जीले विभिन्न क्षेत्रमा आउँदो ८ देखि १० वर्षमा गर्ने योजना बनाएको छ ।
रिलायन्स इन्डस्ट्रीजले बिहीबार भारतको स्टक एक्सचेन्ज दिएको जानकारीका अनुसार ब्रेकथ्रू इनर्जी भेञ्चरमा ५० मिलियन डलर पँजीगत लगानी गर्ने सम्झौता भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस