
एजेन्सी । विहीबार भारतकी अर्थमन्त्री निर्मला सीतारमणले २.६५ लाख करोडको राहत प्याकेज घोषणा गरेकी थिइन । तर, यसको त्यहाको बजारमा भने उत्साह देखाएन । विहीबार गिरावट रहेको बजारमा आज पनि उतार चढावका बीचमा कारोबार भइरहेको छ ।
भारतको शेयर बजारमा बिएसइ सेन्सक्स ३०० अंकको गिरावट सँगै ४३,१०० रहेको छ । त्यस्तै १२,६९७.१५ अंकमा रहेको छ । विगत ८ दिनदेखि लगातार बढेको बजार विहीबारदेखि घट्न थालेको हो । बजाज फिनसर्भर, कोल इण्डिया र रिलायन्स, टाटा मोटर्स र एलएन्डटी शेयर २ प्रतिशतभन्दा बढीको गिरावट भइ कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस