
काठमाडौं । अर्थ मन्त्रालयले राजस्व समूहका पाँच दर्जनभन्दा बढी उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिहीबार उपसचिवहरूलाई मन्त्रालयसहित विभिन्न कार्यालय भन्सार तथा आन्तरिक राजस्व कार्यालय तथा आन्तरिक राजस्व विभाग र भन्सार विभागमा सरुवा गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले उक्त सरुवा गरेका हुन् ।
अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखामा कार्यरत उपसचिव जनकराज शर्माको सरुवा आन्तरिक राजस्व कार्यालय बागलुङमा भएको छ । उक्त महाशाखाका उपसचिव तीर्थराज चिलुवालको आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा सरुवा भएको छ । उपसचिव भुपालराज शाक्य मध्यमस्तरीय करदाता कार्यालय गएका छन् । सुदिश अर्याल मध्यमस्तरीय करदाता कार्यालय गएका छन् ।
मन्त्रालयबाट उपसचिव ध्रुव पोखरेल ठूला करदाता कार्यालय गएका छन् भने सुवोध खतिवडालाई आन्तरिक राजस्व कार्यालय बालाजु पठाइएको छ । बालाजुका इन्द्र देवकोटालाई मन्त्रालय फर्काइएको छ । नवराज अर्याल ठूला करदाता कार्यालय गएका छन् ।
भैरहवा भन्सारको प्रमुख मणिराम पौडेल भएका छन् । आन्तरिक राजस्व कार्यालय भैरहवामा भन्सार विभागबाट मुक्तिराम आचार्यलाई पठाइएको छ । आन्तरिक राजस्व विभागबाट शरदचन्द्र पौडेल नेपालगञ्ज पुगेका छन् । विभागबाट सम्झना बराल र जगदिश बसेललाई ठूला करदाता कार्यालय पठाइएको छ ।
राजस्व अनुसन्धान विभागमा ४ वर्ष बसेका उपसचिव रामप्रसाद रेग्मी रसुवागढी भन्सारको प्रमुख बनाएर पठाइएको छ । त्यहाँका पुण्यविक्रम खड्का भन्सार विभाग आएका छन् ।
उपसचिव नारायण ढकाललाई आन्तरिक राजस्व कार्यालय दमौली पठाइएको छ । सूर्य सेढाईलाई भन्सार विभाग ल्याइएको छ । उनी पहिला भन्सार कार्यालयमै कार्यरत थिए । सुख्खा बन्दरगाह भन्सार कार्यालयमा यसअघि नै उपसचिव लालबहादुर खत्रीलाई पठाइएको छ ।
उपसचिवहरू हरिहर पौडेल र दिलिप केसीको वीरगञ्ज भन्सार कार्यालय पर्सामा सरुवा भएको छ । त्यहाँका गोलाप खत्री अर्थ मन्त्रालय आएका छन् । गोपी कोइराला आन्तरिक राजस्व कार्यालय दाङ गएका छन् ।
आन्तरिक राजस्व कार्यालय भरतपुर कार्यालयको प्रमुख घनश्याम पन्थीलाई बनाइएको छ । त्यहाँका शुभप्रसाद रिजाल आन्तरिक राजस्व विभाग आएका छन् । आन्तरिक राजस्व विभागका शालिकराम आचार्यलाई आन्तरिक राजस्व कार्यालय हेटौँडामा सरुवा गरिएको छ ।
उपसचिव राजकुमार खतिवडाको आन्तरिक राजस्व कार्यालय लहानमा सरुवा भएको छ । नारायण भण्डारी आन्तरिक राजस्व कार्यालय सिमरा पठाइएको छ । उपसचिवहरू डिल्ली लेखक र विश्वबन्धु पौडेलको अर्थ मन्त्रालयमा सरुवा भएको छ । आन्तरिक राजस्व कार्यालय पुतलीसडकका प्रमुख नरबहादुर थापाको कैलाली भन्सारमा र उपसचिव टंक लम्सालको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।
उपसचिवहरू शन्त ढकाल र पूर्ण न्यौपानेको सरुवा ठूला करदाता कार्यालयमा भएको छ । तुलसी चौलागाईंको अर्थ मन्त्रालयमा र खेमनारायण रेग्मीको राजस्व परामर्श विकास समितिमा सरुवा भएको छ ।
हेमराज सुवेदी र मदन दाहालको आन्तरिक राजस्व विभागमा सरुवा भएको छन् । आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरमा उपसचिव नरेन्द्र पाण्डे गएका छन् । त्यहाँबाट लालप्रसाद शर्मालाई आन्तरिक राजस्व विभाग ल्याइएको छ । मिमांस अधिकारीको कञ्चनपुर भन्सार कार्यालयमा सरुवा भएको छ ।
कमल राजलवटको आन्तरिक राजस्व कार्यालय धुलिखेल र जय भण्डारीको नेपालगञ्ज भन्सारमा सरुवा भएको छ। आन्तरिक राजस्व कार्यालय न्युरोडका प्रमुख रामप्रसाद मैनालीको सरुवा आन्तरिक राजस्व कार्यालय सुर्खेतमा भएको छ ।
रामप्रसाद पाठक अर्थ मन्त्रालयमा, लक्ष्मी पराजुली आन्तरिक राजस्व विभागमा, डमरु पराजुली आन्तरिक राजस्व कार्यालय दमकमा र निरन भट्टराई ललितपुर क्षेत्र नं २ मा सरुवा भएका छन् ।
कर्ण तिमिल्सिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट टंगाल पुगेका छन् ।भन्सार विभागबाट राजेन्द्र चुडाललाई आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरको प्रमुख बनाइएको छ । त्यहाँका शरद निरौलालाई अर्थ मन्त्रालय ल्याइएको छ ।
लोकप्रसाद न्यौपानेको सरुवा तालिम केन्द्रमा सरुवा भएको छ । ध्रुव ज्ञवालीको आन्तरिक राजस्व विभागमा सरुवा भएको छ । उपसचिव प्रकाश पौडेल आन्तरिक राजस्व विभाग गएका छन् ।
ध्रुव पाण्डेको सरुवा आन्तरिक राजस्व कार्यालय बुटवलमा भएको छ । अर्जुन न्यौपानेको सरुवा सुनसरी भन्सारमा भएको छ । जनार्दन पौडेल कृष्णनगर भन्सारमा सरुवा भएको छ । विष्णु पौडेल र किशोर बर्तौला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गएका छन् ।
कमल भट्टराई भैरहवाबाट भन्सार विभाग फर्केका छन्। गोपाल खत्रीको अर्थ मन्त्रालयमा सरुवा भएको छ। मानबहादुर खत्री भन्सार विभाग आएका छन् ।
ईश्वरी अर्याल अर्थ मन्त्रालय फर्केका छन् । राजनबाबु काफ्ले भन्सार जाँचपास परीक्षण कार्यालयमा र शान्तिराम निरौला आन्तरिक राजस्व कार्यालय इटहरीमा सरुवा भएका छन् ।
तिलक खड्का आन्तरिक राजस्व कार्यालय कोटेश्वरको कार्यालय प्रमुख भएका छन्। गजेन्द्र यादवको सरुवा आन्तरिक राजस्व कार्यालय जनकपुरमा भएको छ । दिनेश पाण्डे आन्तरिक राजस्व कार्यालय कृष्णनगरमा गएका छन् ।
प्रतिक्रिया दिनुहोस