aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सरकारी सुविधामा प्रचण्ड परिवारको मस्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० जेठ २०७६
सरकारी सुविधामा प्रचण्ड परिवारको मस्ति

काठमाडौं । माओवादीले जनयुद्ध सुरु गर्दा गाउँका जनतालाई धेरै ठूलठूला सपना देखाएको थियो । जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैलाई बराबरी देख्छन् भन्ने थियो । तर, अहिले प्रचण्डको व्यवहारले त्यो देखाउँदैन । माओवादी पार्टीलाई पनि एमालेभित्र बिलय गराएका प्रचण्डले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई संरक्षण गर्नुभन्दा पनि आफ्नै परिवारको सुरक्षामा ध्यान केन्द्रित गराएको देखिएको छ । आफ्ना परिवारका सदस्य र ज्वाइँहरूलाई कसरी सेटिङ गरेर सरकारी सेवा सुविधा दिलाउन सकिन्छ भनेर प्रचण्डले रातदिन सोच्ने गरेको उनका क्रियाकलापले देखाएको छ ।

प्रचण्ड आफैंले सुरक्षाको बहानामा झण्डै ६५ जना सुरक्षाकर्मी राखेका छन् । प्रचण्डले लिने सुरक्षा सुविधा झण्डै एउटा जिल्लाको सुरक्षा जत्तिकै छ । प्रचण्ड हिँड्दा अगाडि पछाडि पनि थुप्रै गाडीहरू हिंड्छन् । प्रचण्ड स्वयंले सरकारी सेवा सुविधा पनि टन्न लिएका छन् । सांसदको तलव भत्ता लिन्छन् । पूर्व प्रधानमन्त्रीको हैसियतमा पनि सुविधा लिने गरेका छन् । आफ्नै कान्छीछोरी गंगा दाहाललाई स्वकीय सचिव नियुक्त गरेका छन् । गंगाले संसद सचिवालयबाट तलव भत्ता बुझ्दै आएकी छन् । ‘गंगाको ठाउँमा जनताको छोरालाई स्वकीय सचिव राखेको भए प्रचण्डको के नै जान्थ्यो र रु तर, जनताका छोराछोरीलाई प्रचण्डले स्वकीय सचिव बनाउन उचित ठानेनन् ।’ पूर्वमाओवादीका एक नेता भन्छन् ।

गगांका पति एवम् कान्छा ज्वाइँ जीवन आचार्यलाई उपराष्ट्रपति नन्दबहादुर पुनको सल्लाहकारका रुपमा नियुक्त गरिएको छ । खानेपानी मन्त्रालयका ठेक्कापट्टामा पनि जीवन आचार्यकै मनोपोली चल्दैआएको छ । प्रचण्डका कान्छा ज्वाइँले पनि सरकारी नम्बर प्लेटको गाडी प्रयोग गर्छन भने सरकारी तलव भत्ता नै लिन्छन् । दिनभरि आफ्नै व्यक्तिगत काममा हिँड्ने गर्दछन् । प्रचण्डले जेठा ज्वाइँ सागर केसीलाई सभामुख कृष्णबहादुर महराको स्वकीय सचिव बनाएका छन् । जेठा ज्वाइँ पनि सरकारी सेवा सुविधा र तलव भत्ता बुझ्छन ।

 उनी पनि सरकारी गाडी नै चढ्छन् । सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालले प्रचण्ड परिवारका सदस्यका नाममा संगठनभित्र मनपरी गरेका छन् । खनालले प्रचण्डलाई बुबा र उनकी पत्नी सितालाई आमा, गंगालाई बहिनी, जीवनलाई ज्वाई भन्दै संगठनभित्र अत्याचार र भ्रष्टाचारको सीमा उल्लंंघन गरेका छन् । 

कान्छी बुहारी बिना मगर त खानेपानी तथा सरसफाइ मन्त्री छिन् । सांसदसमेत रहेकी बिना मगरले पनि सरकारी सेवा सुविधा र तलव नलिने कुरै भएन । तर, जेठी बुहारी सिर्जना त्रिपाठी भने यी सबै सुविधाबाट बञ्चित छिन् । बिना मगरलाई जिताउन प्रचण्ड आफैंले ठूलो भूमिका खेलेका थिए । मन्त्री बनाउन प्रचण्डकी पत्नी सीता दाहालले भूमिका खेलेको स्रोतको भनाइ छ ।

प्रचण्ड माइली छोरी रेनु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बनाउन सफल भए छन् । मतपत्र च्यातेरै भएपनि प्रचण्डले रेनुलाई मेयर बनाएरै छाडे । रेनुका पति एवम् माइला ज्वाइँ अर्जुन त्रिपाठी पत्नीको स्वकीय सचिव छन् । रेनुको सबै हर्ताकर्ता स्वकीय सचिव पति अर्जुन त्रिपाठी नै हुन् । छोरीलाई मेयर बनाउनकै लागि प्रचण्डले भरतपुरलाई महानगरपालिका बनाए ।

यता, प्रचण्डका छोरा स्वर्गीय साकार दाहाल ‘प्रकाश’ चढ्दै आएको गाडी ठेकेदार शारदा अधिकारीका कामदार प्रकाश रायमाझीले चढ्दै आएका छन् । प्रकाश रायमाझीले प्रचण्डको परिवारलाई आवश्यक पर्ने सबै सामग्री घरसम्म ल्याइदिन्छन् । प्रचण्डको परिवारलाई आवश्यक पर्ने सामग्री ल्याइदिन र सेवा गर्नका लागि ठेकेदार शारदा अधिकारीले नै प्रकाश रायमाझीलाई प्रचण्डको निवासमा राखिदिएका हुन् ।

प्रचण्डले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरूलाई कहिल्यै पनि अवसर दिएनन् । उनले सकेसम्म पार्टीभन्दा बाहिरका व्यक्तिहरूलाई अवसर दिए । जनयुद्धका बेला गरेको बाचा र प्रतिबद्धताहरू सबै प्रचण्डले भुलेका छन् । प्रचण्डले विजयकान्त लाल कर्ण (डेनमार्क),अजय शर्मा र लक्की शेर्पा )अस्ट्रेलिया),राममणि पोख्रेल (बेल्जियम),महेश मास्के (चीन),कमानसिंह लामा (कोरिया),मायाकुमारी शर्मा ९कतार०लाई राजदूत बनाए । सबै माओवादी थिएनन् । उनीहरूले मोटो रकम बुझाएर राजदूत पाएको आरोप छ ।

अहिले फेरि महेश दाहाल९अष्ट्रेलिया०का लागि सिफारिस परेका छन् । प्रचण्डको कोटाबाट दाहालले अष्ट्रेलियाको राजदूत हुने अवसर पाएका छन् । निर्वाचनका बेला महेश दाहाल नेपाली कांग्रेस छाडेर माओवादीमा प्रवेश गरेका थिए । प्रचण्डले पार्टीमा जनयुद्ध लडेका र साथ दिएका कसैलाई पनि राजदूतमा अवसर नदिएको भनेर आलोचना हुँदै आएको छ । जनार्दन शर्मा त दाहाललाई राजदूत बनाएपछि आक्रोसित भएका छन् । युनाइटेड पोष्टबाट 

प्रतिक्रिया दिनुहोस