aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

भारतको एक निजी बैंकलाई एक करोड जरिवना, पाँच प्रकारका सेवा बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० कार्तिक २०७७
भारतको एक निजी बैंकलाई एक करोड जरिवना, पाँच प्रकारका सेवा बन्द

एजेन्सी । भारतीय रिजर्व बैंक(आरबीआई)ले बैंक तथा वित्तीय ऐन उलंघन गर्ने एक बैंकलाई एक करोड भारु जरिवना लगाएको छ । निजी  क्षेत्रको पञ्जाब नेश्नल बैंक (पीएनबी)ले ऐन उलंघन गरेकाले कारबाही भएको हो ।

आरबीआईले भुक्तानी र सेटलमेन्ट सिस्टम ऐनको उल्लंघन गरेको आरोपमा पंजाब नेश्नल बैंकलाई एक करोड रूपैयाँ जरिवाना लगाएको हो । पञ्जाब नेशनल बैंकले केन्द्रीय बैंकको अनुमति नलिइकन ड्रक पीएनबी बैंक लि भूटान (बैंकको अन्तर्राष्ट्रिय सहायक कम्पनी) सँग द्विपक्षीय साझा एटीएम प्रणाली सञ्चालन गरेका कारण कारबाही गरेको जनाएको छ । 

यो रिजर्व बैंकको भुक्तान र सेटलमेन्ट सिस्टम ऐन, २००७(पीएसएस कानुन) को सेक्शन २६ (६) को उल्लंघन गरेको हो । यसैबीच रिजर्व बैंकले एक विज्ञप्तिका अनुसार यसले पाँच भुक्तानी प्रणाली अपरेटर्स (पीएसओ) को प्रमाणपत्र समेत रद्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस