
एजेन्सी । बेलायतले २०३०सम्ममा पेट्रोल/डिजेल कारहरूको बिक्रीमा प्रतिबन्ध लगाउने योजना बनाएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोसनले अर्को हप्ता यो घोषणा गर्ने आशा गरिएको छ । यदि प्रतिबन्ध लगाइयो भने बेलायतले प्रतिबन्ध लगाउने घोषणा गरेको मितिभन्दा पाँच बर्ष पहिले देखि लागू हुनेछ ।
ग्रीनहाउस ग्यास कम गर्ने प्रयासको रुपमा ब्रिटेनले २०४० बाट नयाँ पेट्रोल ( डिजेल कारको बिक्री प्रतिबन्ध गर्न योजना बनाएको थियो । तर, प्रधानमन्त्री जोनसनले यस वर्षको फेब्रुअरीमा यसको लागि २०३५ को समयसीमा तय गरेको थियो । फाइनान्सियल टाइम्सको रिपोर्टका अनुसार बेलायती प्रधानमन्त्री जोनसन अब यो समयसीमा २०३० बनाउने तयारीमा रहेका छन्
फाइनान्सियल टाइम्सको रिपोर्टका अनुसार हाइब्रिड कारहरूलाई यस प्रतिबन्धबाट थप छुट पाउन्े सम्भावना रहेको छ । हाइब्रीड कारहरू इलेक्ट्रिक र फोसिल ईन्धनको मिश्रणको साथ चलाइन्छन् र २०३५ सम्म बेच्न सकिन्छ ।
कार उत्पादक कम्पनीहरुका अनुसार बेलायतमा बिक्री हुने नयाँ कारमध्ये ७३.६ प्रतिशत पेट्रोल(डिजेल कारहरूको छ । त्यस्त पूर्ण इलेक्ट्रिक कारहरुको बिक्री मात्र ५.५ प्रतिशत छ । बाँकी बजार हिस्सा हाइब्रिड गाडीहरूको रहेको छ ।
प्रतिक्रिया दिनुहोस