
एजेन्सी । भारतको बिहारमा एनडीए नेतृत्व सरकार गठन भएको छ । एनडीएका अध्यक्ष नीतीश कुमारको नेतृत्वमा गठन भएको हो । मंगलबार १४ मन्त्रीहरूले शपथ लिए । आज बुधबार तिनीहरूको मन्त्रालयको बाँडफाँट भएको छ । मुख्यमन्त्री नितेश कुमारसँग गृह, सामान्य प्रशासन, दक्षतालगायतका मन्त्रालयहरू छन् । डिपुटी सीएम तारकिशोर प्रसादलाई वित्त, वाणिज्य कर, पर्यावरण र वन, विपद् व्यवस्थापन, शहरी विकासमा जिम्मा लगाएका छन् ।
डिपुटी सीएम रेणु देवीले पञ्चायती राज, पिछडिएको जातिको उत्थान र ईबीसी कल्याणको साथै उद्योग मन्त्रालय पाएकी छिन । त्यस्तै, विजय चौधरीले ग्रामीण ईन्जिनियरिङ विभाग, ग्रामीण विकास विभाग, जलस्रोत, सूचना तथा प्रसारण र संसदीय कार्य विभागको जिम्मेवारी पाएका छन् । विजेन्द्र यादवले ऊर्जा मन्त्रालयका साथै निषेध, योजना र खाद्य तथा उपभोक्ता मामिला पनि पाएका छन् ।
अशोक चौधरीले भवन निर्माण, समाज कल्याण, विज्ञान प्रविधि सहित अल्पसंख्यक कल्याण विभाग प्रदान गरिएको छ । मेवालालाल चौधरीले शिक्षा मन्त्रालय पाए । शिला कुमारलाई यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छन । सन्तोष मांझीलाई अनुसूचित जाति र जनजाति कल्याण विभागको सानो सिँचाइको जिम्मेवारी दिइएको छन । साथै, मुकेश साहनीले पशुपालन र मत्स्यपालन मन्त्रालय पाइसकेका छन् ।
भाजपा कोटाबाट मन्त्री मंगल पाण्डेले स्वास्थ्यको साथसाथै सडक निर्माण तथा कला र संस्कृति मन्त्रालयको पनि जिम्मेवारी पाएका छन् । अमरेन्द्र सिंहले कृषि, सहकारी र गन्ना विभागको जिम्मा लिएका छन् । रामप्रीत पासवानले पीएचईडी विभाग पाएका छन । जीवेश कुमारले पर्यटन, श्रम र खनन विभाग पाएका छन् ।
प्रतिक्रिया दिनुहोस