aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चीनको चमत्कारः 'फाइभ-जी' बाट गरियो २ सय किलोमिटर टाढाको शल्यक्रिया

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० जेठ २०७६
चीनको चमत्कारः 'फाइभ-जी' बाट गरियो २ सय किलोमिटर टाढाको शल्यक्रिया

काठमाडौं । चिकित्साको संसारमा प्रविधि क्रान्तिकारी प्रमाणति हुँदै आएको छ । यसको एक अर्को हलचलको अवस्था चीनमा देखिएको छ । चीनमा विशेषज्ञले फाइभ-जी नेटवर्कको सहयोगमा २ सय किलोमिटर पर बसेर चिकित्सकलाई निर्देशन दिई गल ब्लाडर (पित्ताशय) को सल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका छन् । 

चीनमा फाइभ-जी नेटवर्क सञ्चालनमा लाइसेन्स प्राप्त गरिसकेको कम्पनी चाइना मोबाइलले गत साता उत्तरी चीनको हुवेइ प्रान्तमा लगभग १ घण्टाको अवधीमा यो शल्यक्रिया सम्पन्न गरिएको जनाएको छ । यो अवधिमा पूरै व्यवस्थालाई फाइभ-जी नेटवर्कसँग जोडिएको थियो । 

यो शल्यक्रिया ताहे अस्पतालको सेनोङगजियाको शाखामा गरिएको थियो । त्यहाँबाट यसको लाइभ फिड (प्रत्यक्ष प्रसारण) शियान सहरस्थित शाखामा बसेका विशेषज्ञसामु पठाइएको थियो । फाइभ-जी प्रविधिको तीब्र गतिको सहयोगमा दुवैतर्फका चिकित्सक एक अर्कासँग बिनाकुनै अवरोध सम्पर्क गरिरहेका थिए । 

चाइना मोबाइलका अधिकारी गुई कनपेडले भने, -फाइभ-जी प्रविधिमा नरोकीकन फोटो तथा भिडियो आदानप्रदान सुनिश्चित हुन्छ । यसको सहयोगबाट कुनै जटिल शल्यक्रियाको अवस्थामा टाढा टाढा बसेर चिकित्सकसँग मिलेर आफ्नो विशेषज्ञताको प्रयोग गर्न सकिन्छ ।- आजको कारोबार दैनिकमा समाचार छ । 


 


 

प्रतिक्रिया दिनुहोस