aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आमाबाबुको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्ने बिहार सरकारको घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० जेठ २०७६
आमाबाबुको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्ने बिहार सरकारको घोषणा

एजेन्सी । भारतको बिहार राज्य सरकारले बाबुआमाको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्ने घोषणा गरेको छ । हेरचाह नगरेको उजुरी परेमा उनीहरूलाई जेल हाल्ने निर्णय बिहार सरकारले गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सरकारले आमाबाबुको हेरचाहलाई अनिवार्य बनाएको छ । 

यससँगै बिहार सरकारले मूख्यमन्त्री वृद्धा पेन्सन योजनालाई ुराइट टु सर्विस एक्टुमा सामेल गर्ने निर्णय गरेको छ। मंगलबार मूख्यमन्त्री नितिश कुमारको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । 

प्रतिक्रिया दिनुहोस