aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

भारतले सार्बजनिक गर्यो चन्द्रयान–२

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० जेठ २०७६
भारतले सार्बजनिक गर्यो चन्द्रयान–२

नयाँ दिल्ली । भारतले चन्द्रमामा पुग्ने अन्तरिक्ष यान सार्बजनिक गरेको छ । भारतको अन्तरिक्ष एजेन्सीले आगागी सेप्टेम्बरमा चन्द्रमामा पुग्ने अपेक्षा गरेको आफ्नो अन्तरिक्ष यान सार्वजनिक गरेको हो।चन्द्रयान–२ नामक सो यान भारतको दोश्रो चन्द्रयान हो।

यसअघि सन् २००८मा पहिलो पटक चन्द्र यान प्रक्षेपण गरेको थियो तर सो यानले चन्द्रमाको सतहमा टेक्न सकेको थिएन । यस पटक पठाउन लागिएको यान चन्द्रमामा सफल अवतरण गर्न सकेको खण्डमा चन्द्रमामा अन्तरिक्ष यान पुर्याउने भारत चौथो मुलुक बन्नेछ।

हालसम्म अमेरिका, रुस र चीनले मात्रै चन्द्रमामा अन्तरिक्ष यानको सफल अवतरण गराएका छन्।
चन्द्रयान–२ ले विशेषतः चन्द्रमाका सतहलाई केन्द्रित गर्ने र त्यहाँको पानी, खनिज र चट्टानको वनावटबारे डाटा संकलन गर्ने भारतको अन्तरिक्ष एजेन्सीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस