
एजेन्सी । भारतको उत्तर प्रदेशमा भएको एक सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआइका अनुसार मानिकपुर थानाको देशराज क्षेत्रमा जन्ती लिएर फर्किंदै गरेको बोलेरो जीप अनियन्त्रित भएर ट्रकसँग ठोक्किएको हो । बिहीबार अबेर राती भएको दुर्घटनामा १४ जना जन्तीको मृत्यु भएको समाचारमा जनाइएको छ । ड्राइभरलाई निद्रा लागेका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।
सबै जन्ती शेखपुर गाउँमा विवाहमा सहभागी भएर फर्किंदै थिए । दुर्घटनामा मृत्यु भएकामध्ये ६ जना बालबालिका रहेको बताइएको छ । पुलिसले सबैको शवलाई पोस्टमार्टमका लागि पठाएको छ । मृत्यु भएकामध्ये १२ जना एउटै गाउँका भएको बताइएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाबारे दुःख व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस