aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

यस्ता छन् मन्त्रिपरिषद् बैठक निर्णयहरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ मंसिर २०७७
यस्ता छन् मन्त्रिपरिषद् बैठक निर्णयहरु

काठमाडौं । सरकारले गत कार्तिक २७ र मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार एवम् सूचनाप्रविधिमन्त्रि पार्वत गुरुङले शुक्रबार मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गरेका हुन् ।

सरकारले न्याय सेवाका सहसचिव लिलादेवी गडतौलालाई सचिवमा बढुवा गर्दै नेपाल कानुन आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषद बैठकले डा. लोकनाथ पौडेल र नारायणप्रसाद शर्मालाई नेपाल कृषि सेवा, लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट समूह, राजपत्राङकित प्रथम श्रेणीमा बढुवा नियुक्ति दिई कृषि तथा पशुपंक्षीं विकास मन्त्रालय वा अन्तर्गत पदस्थापन गर्ने निर्णय गरेको छ । 

यस्तै परराष्ट्र मन्त्रालयको सिफारिसमा अमेरिकाको सान डियागोमा कार्यरत अवैतनिक महावाणिज्यदूत ऋषी पुनाखर ढकालको कार्यकाल २०७६ असोज २२ देखि लागू हुनेगरी ४ वर्षका लागि थप गर्ने निर्णय गरेको छ । कोलम्बियाको बोगोटामा डा. सोराया स्टेला कारो भरगासलाई निर्णय भएको मितिदेखि लागू हुनेगरी ४ वर्षका लागि अवैतनिक नेपाली वाणिज्यदूत पदमा नियुक्ति गर्ने निर्णय गरेको छ । 

सहरी विकास मन्त्रालयको सिफारिसमा अधिकार सम्पन्न वागमति सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा उद्धव प्रसाद तिमिल्सिनालाई नियुक्त गर्ने निर्णय गरेको छ । 

यस्ता छन् निर्णयहरु

 

प्रतिक्रिया दिनुहोस