aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

तीन जना विदेशी नागरिकलाई देश निकाला गर्ने सरकारको निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ मंसिर २०७७
तीन जना विदेशी नागरिकलाई देश निकाला गर्ने सरकारको निर्णय

काठमाडौं । गैरकानुनीरुपमा बसोबास गरिरहेका विदेशी नागरिकलाई सरकारले देश निकाला गर्ने भएको छ । कात्तिक २७ बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले गैर कानुनीरुपमा बसोबास गरिरहेका तीन जना नागरिकलाइ देश निकाला गर्ने निर्णय गरेको हो । 

सञ्चार तथा सूचना मन्त्री पार्व गुरुङका अनुसार देश निकाला गरिनेमा अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेट, यमन गणराज्यका महोमद स्मेल अहमद ओबादी र नसिम स्मेल अहमद ओबादी रहेका छन् । 

डेन्गेटलाई अमेरिकी डलर १२ हजार ७३० र नेपालमा गैरकानुनीरुपमा बसोबास गर्दा लाग्ने जरिवाना ५० हजार, दुई ओबादीलाई ३ हजार ६६ अमेरिकी डलर र नेपालमा गैरकानुनीरुपमा बसोबास गर्दा लाग्ने एक लाख जरिवाना मिनाहा गरि देश निष्कासन गर्ने सरकारले निर्णय गरेको जनाइएको छ ।

 
 

प्रतिक्रिया दिनुहोस