aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

एक पदका लागि तीन जना सिफारिस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ मंसिर २०७७
एक पदका लागि तीन जना सिफारिस

काठमाडौं । सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त एक सचिवका लागि सहसचिवहरू गोकर्णमणि दुवाडी, सुमनराज अर्याल र भरतमणि सुवेदीको नाम सरकारसमक्ष सिफारिस गरेको हो । 

आगामी मन्त्रिपरिषद् बैठकले सिफारिस भएका तीन सहसचिवमध्ये एक जनालाई सचिवमा बढुवा गर्ने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस