
काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षण शुरु गर्ने भएको छ । महानगरले भोलि आइतबारदेखि कोभिड परीक्षणको लागि स्वाब संकलन गर्न लागेको हो ।
नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरूको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई पुनः शुरु गर्न लागिएको महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले बताए ।
शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा मेयर शाक्यले भोलि आइतबारदेखि पुनः स्वब संकलनको कार्य सुचारु गर्न लागिएको बताए ।
यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी समेत महानगरले गरेको उनले बताए ।
काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक टे«सिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गरेका छन् ।
अहिले बजारमा देखिएको भिडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सुझाव दिएको समेत शाक्यले बताए ।
प्रतिक्रिया दिनुहोस