काठमाडौं । घरमा सुतिरहेको अवस्थामा छानामाथि टिपर खस्दा नुवाकोटको ककनीमा एक महिलाको मृत्यु भएको छ । बा २ क ६३६३ नम्बरको टिपर ककनी गाउँपालिका–४ सडकबाट ३ सय मिटर तल अस्दा घरमा सुतिरहेकी ५८ वर्षीया माइली तामाङको मृत्यु भएको हो । घरको छानोमा टिपर खसेर घाइते तामाङको उपचारका क्रममा गान्डी अस्पतालमा मृत्युको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा घाइते टिपरका चालक र सहचालको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस