aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

लाखौँ मत अवैध घोषणा गर्नुपर्ने ट्रम्पको माग न्यायाधीशद्वारा खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ मंसिर २०७७
लाखौँ मत अवैध घोषणा गर्नुपर्ने ट्रम्पको माग न्यायाधीशद्वारा खारेज

एजेन्सी । हुलाकमार्फत्‌ गरिएका लाखौँ मत अवैध घोषणा गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चुनावी अभियान समूहले गरेको माग पेन्सिलभेनियास्थित एक न्यायाधीशले खारेज गरिदिएका छन्। बीबीसीका अनुसार न्यायाधीश म्याथ्यू ब्रानले अनियमितता भएको भन्दै गरिएको मागदाबी जायज नभएको ठहर गरेका हुन्।

योसँगै पेन्सिलभेनियामा डेमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई विजयी भएको प्रमाणपत्र दिने बाटो खुलेको छ। उनी त्यहाँ ट्रम्पको भन्दा ८० हजारभन्दा बढी मतले अगाडि छन्।

नोभेम्बर ३ तारिखमा सम्पन्न राष्ट्रपतीय चुनावमा भएको आफ्नो पराजयलाई उल्टाउन खोजिरहेका ट्रम्पका लागि यो अर्को धक्का हो। चुनावमा आफू पराजित भएको मान्न उनले अस्वीकार गर्दै आएका छन् र कुनै प्रमाणविनै निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएका छन्।

ट्रम्पले पराजय स्वीकार नगर्दा सामान्यतया अमेरिकी चुनावपछि शुरू हुने प्रक्रियाहरूमा ढिलाइ भएको छ। बाइडनले ट्रम्पलाई २३२ विरुद्ध ३०६ इलेक्टरल मतले पराजित गर्ने प्रक्षेपण गरिएको छ।

पेन्सिलभेनियाका न्यायाधीशले के भने ?
आफ्नो आदेशमा न्यायाधीश ब्रानले ट्रम्पको चुनावी अभियान समूहले करिब ७० लाख मतदातालाई उनीहरूको मताधिकारबाट वञ्चित गराउने प्रयास गरेको बताएका छन्। मुद्दामा तनावपूर्ण कानुनी तर्क र आशङ्काका आधारमा कुराहरू गरिएको न्यायाधीशको भनाइ छ।

प्रतिक्रिया दिनुहोस