
काठमाडाैं । चोरी गरेको मोटरसाइकल सहित सुनसरीबाट १ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । मोटरसाइकल चोरी गरि लाँदै गरेको अवस्थामा सुनसरी वराहक्षेत्र नगरपालिका ४ का अनिश चाैधरीलाई प्रहरीले मोटरसाइल डोर्याउदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
धरान १५ स्थित ज्ञानचछु मार्गका डेविस साहको को९प २४७७ नम्बरको १सय५० सिसिको पल्सर मोटरसाइकल घर भित्रवाटै चोरी गरि लादै गरेको अवस्थामा चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
मंगलबार पक्राउ परेका चौधरीलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । पक्राउ परेका चौधरीलाई चोरी मुद्धामा जिल्ला अदालत सुनसरीवाट म्याद थप गरि कारबाही अगाडी बढाएको डिएसपी न्यौपानेले वताए ।
प्रतिक्रिया दिनुहोस