
एजन्सी । एभरेष्ट बैंकको भारतीय लगानीकर्ता पञ्जाब नेशनल बैंक(पीएनबी)को २५०९०.३ करोड भारु खराब कर्जा देखिएको छ । पञ्जाव नेशनल बैंकको भारतभरीमा करिब ११४४ साना ठूला ऋणीले बैंकलाई ठगेका छन् । बैंकले २३८७९.८ करोड रुपैयाँ भारुका लागि ११४२ देखि ११०८ खराब ऋणीका विरुद्धमा मुद्दा चलाएको छ ।
ऋण नतिर्नेमा भारतका हिरा व्यापारी निरब मोदी र मेहुल चौकसीसम्म रहेका छन् । मोदी र चौकसीले मात्र बैंकलाई २०१८सम्ममा १४००० करोड भारु ठग्न सफल भएका छन् ।
त्यस्तै अर्का मदिरा व्यापारी विजय माल्याको किंफिसर एयरलाइन्सले ५९७.४ करोड भारु तिर्न बाँकी रहेको छ । बैंकको ऋण नतिर्ने ३४ जनालाई मुद्दा चलाइएको छैन जोबाट १२१०.५ करोड भारु उठाउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस