
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज इलाम र ताप्लेजुङ जाने भएका छन् । इलाम र ताप्लेजुङमा भइरहेका विकास निर्माणका कामको अवस्थाबारे अवलोकन गर्न प्रधानमन्त्री ओली आज त्यसतर्फ जाने भएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले ताप्लेजुङ र इलामका विकास निर्माणका आयोजनाहरूको निरीक्षण गर्ने कार्यक्रम छ। सीमा क्षेत्रको समेत भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री ओली हेलिकप्टरमा गएर सोमबार नै काठमाडौं फर्किनेछन्।
यसअघि कात्तिक २६ गते प्रधानमन्त्री ओली संखुवासभा गएका थिए। गत मंसिर ५ गते उनी ताप्लेजुङ जाने कार्यक्रम तय भए पनि स्थगित भएको थियो।
प्रतिक्रिया दिनुहोस