aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

भारतीय विदेश सचिव बिहीबार नेपाल आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ मंसिर २०७७
भारतीय विदेश सचिव बिहीबार नेपाल आउने

काठमाडौं । भारतको विदेश मन्त्रालयले भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले बिहीबार र शुक्रबार नेपाल भ्रमण गर्ने जनाएको छ। नेपालको दुई दिने औपचारिक भ्रमणका लागि विदेश सचिव श्रृंगला बिहीबार काठमाडौं आइपुग्न लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा श्रृंगला नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाको नेपाल भ्रमणको मिति सार्वजनिक गरेको हो ।

भारतको विदेश मन्त्रालयले उक्त भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको अभ्यासको निरन्तरता भएको र यसले नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकता झल्काउने उल्लेख गरेको छ । 

परराष्ट्र मन्त्रालयको विज्ञप्तीमा उल्लेख गरिएअनुसार भ्रमणको पहिलो दिन बिहीवार भारतीय विदेश सचिवले आफ्ना नेपाली समकक्षीसँग द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा वार्ता गर्ने छन् ।

बिहीबार नै उनले अन्य उच्चस्तरीय भेटवार्ताहरू गर्नेछन् र नेपाल सरकारलाई कोभिड १९ सँग सम्बन्धित सहायता हस्तान्तरण गर्ने छन् । ‘भ्रमणका क्रममा विदेशसचिवले आफ्ना समकक्षी र अन्य अधिकारीहरुसँग हुने भेटमा भारत–नेपाल द्वीपक्षीय सम्बन्धका समग्र विषयहरुमा छलफल गर्नुहुनेछ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस