aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

बेलायती प्रधानमन्त्रीद्वारा सामुहिक कोरोना परीक्षणको घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ मंसिर २०७७
बेलायती प्रधानमन्त्रीद्वारा सामुहिक कोरोना परीक्षणको घोषणा

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको सामुहिक परीक्षण गर्ने योजना घोषणा गरेका छन् । कोरोना भाइरसको सङ्क्रमण धेरै फैलिएकोजस्तो देखिएका क्षेत्रलाई केन्द्रित गरेर आम परीक्षण गरिने उनले सोमबार घोषणा गरेका हुन् ।  

सरकारको ‘कोभिड विन्टर प्लान’ अन्तर्गत सेनाको सहयोगमा परीक्षणलाई व्यापक बनाइन लागिएको पनि जनाइएको छ । अत्यधिक धेरै कोरोना सङ्क्रमितहरु रहेको लिभरपुलमा यसै महिना व्यापक परीक्षण गरिएको र कोरोनाभाइरसको सङ्क्रमण न्युनिकरण गर्न सफलता मिलेपछि प्रधानमन्त्री जोनसोनले यस्तो घोषणा गरेका छन् । 

देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सहरमा सरकारले कोरोना सङ्क्रमितको सम्पर्कमा आएका सबैलाई दैनिकरूपमा परीक्षण गराउने र सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई तत्काल ‘क्वारेन्टाइन’मा पठाउने योजना बनाएको जनाइएको छ ।  यो अभियान र प्रयोग सफल र प्रभावकारी भएमा देशव्यापी बनाउने योजना रहेको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले जनाएको छ । यस्तो अभियान जनवरीदेखि देशव्यापी हुनसक्ने बताइएको छ ।   

त्यसैगरी सरकारले घरमै रहेकाहरुलाई हेरचाह गर्ने मापदण्ड पनि नयाँ बनाउने अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस